नियम ५०
भेरिएसन आदेश स्वीकृत गर्ने
स्वीकृत लागत अनुमान बमोजिम काम शुरु गरि
सकेपछि प्राविधिक कारणबाट त्यस्तो कार्यको परिमाण थप घट गर्न वा नया“ आइटम
थप्न वा सट्टा गर्न आवश्यक देखिएमा स्वीकृत बजेटको अधीनमा रही देहाय बमोजिम
भेरिएसन आदेश स्वीकृत गराई काम गराउन सकिनेछ ः–
(क) निर्माण कार्यको ड्रईङ, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु नपर्ने
तर कामको परिमाण मात्र थपघट हुने अवस्थामा सम्झौता मूल्यको दश
प्रतिशतसम्मको भेरिएसन आदेश पर्याप्त प्राविधिक पुष्ट्याईं सहित
सम्बन्धित पदाधिकारीको सिफारिसमा सचिवले जारी गर्नेछ । सो भन्दा
बढी थपघट गर्नु परेमा प्राविधिक पुष्ट्याई पेश गरी जिल्ला विकास
समितिबाट स्वीकृत गराउनु पर्नेछ,
(ख) निर्माण कामको ड्रईङ, डिजाइन तथा स्पेशिफिकेशन आदि बदल्नु पर्ने
भई सम्झौता मूल्यको पन्ध्र प्रतिशतसम्मको भेरिएसन आदेश प्राविधिक
पुष्ट्याई सहित संशोधित अनुमान तयार गरी जिल्ला विकास समितिले,
(ग) मालसामान खरिद, परामर्श सेवा र अन्य सेवा खरिदको हकमा सम्झौता
मूल्यको पन्ध्र प्रतिशतसम्मको भेरिएसन आदेश पुष्ट्याई गरी जिल्ला
विकास समितिले,धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
द्धण्
(घ) सम्झौता मूल्यको पन्ध्र प्रतिशत भन्दा बढी भेरिएसन गर्नु पर्ने भएमा
नया“ लागत अनुमान तयार गरी छुट्टै खरिद प्रकृयाबाट काम गराउनु
पर्नेछ ।